सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स बीच मर्जर सम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर, स्वाप रेसियो कति ?

१७ माघ २०७९, मंगलवार १७:१२

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले मर्जर सम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको छ।आज दुई कम्पनीबीच होटल र्याडिसन लाम्पिाट काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सम्झौतापत्रमा लुम्बिनी जनरल इन्स्योरेन्सका तर्फबाट अध्यक्ष मनोहर दास मुल र सगरमाथा इन्स्योरेन्सका तर्फबाट अध्यक्ष रामकृष्ण मानन्धरले हस्ताक्षर गरेका हुन् ।

आज गरेको दुईए कम्पनीबीचको सम्झौता अनुसार दुवै कम्पनी एक आपसमा गाभिए पश्चात बन्ने कम्पनीको नाम सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी रहने सहमती भएको छ । मर्जर सम्बन्धी बिशेष प्रस्ताव दुवै कम्पनीको आगामी हुने साधारण सभामा लगिनेछ ।

दुवै कम्पनीका बीचमा भएको प्रारम्भिक सहमती एवं डिडिए रिपोर्टको आधारमा सगरमाथा इन्स्योरेन्स कम्पनी र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको शेयर आदान प्रदान अनुपात (स्वाप रेसियो) १००ः८० कायम हुने जनाएको छ ।

सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स मर्जरको अन्तिम चरणमा

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*