बीमा कम्पनीहरु उत्तरदायी र जिम्मेवार बन्न निर्देशन, कानुन उल्लंघन गर्नेलाई कारवाही हुन्छः अध्यक्ष सिलवाल

९ चैत्र २०७९, बिहीबार २०:३४

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमा कम्पनीहरु उत्तरदायी र जिम्मेवार बन्न निर्देशन दिएका छन् । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको आज एकीकृत कारोबार शुभारम्भ कार्यक्रममा अध्यक्ष सिलवालले भने, ‘बीमा कम्पनीहरुको व्यवहारदर्शी हुनुपर्यो, तपाईहरुको कार्यशैली एकाउन्टिबिलिटी हुनुपर्यो ।’

अध्यक्ष सिलवालले बीमा कम्पनीहरुले जनताको निक्षेप परिचालन गर्ने सार्वजनिक निकाय भएकोले कम्पनीहरुको स्रोत साधनहरु कसरी प्रयोग भइरहेको छ भनेर आम जनताले थाहा पाउनुपर्ने बताए । अध्यक्ष सिलवालले बीमाबाट हुने लाभ आम जनताले थाहा पाउनुपर्ने बताउँदै बीमा कम्पनीहरु अब जिम्मेवार र उत्तरदायी पनि हुनुपर्ने बताए । बीमा कम्पनीहरुबाट प्रवाह हुने सेवा जिम्मेवार उत्तरदायी ढंगले प्रवाह गर्न अध्यक्ष सिलवालले निर्देशन दिएका हुन् ।

अध्यक्ष सिलवालले अब बनेका संस्थाहरुलाई थप जिम्मेवार र उत्तरदायी बनाउने प्राधिकरणको प्राथमिकतामा रहेको बताउँदै गैर जिम्मेवार र जवाफ नदिने अवस्थाको अन्त्य जरुरी रहेको बताए ।
अध्यक्ष सिलवालले बीमा कम्पनीहरुले कानुनको अक्षरस पालना गर्नुपर्ने बताए । कानुन नमान्ने कम्पनीहरुलाई कानुन बमोजिम नै कारवाही हुने स्मरण गराउँदै बीमा कम्पनीहरुलाई बीमितको हित र न्यून आय भएका जनतामाँझ पुगेर बीमा सेवा प्रवाह गर्न आग्रह गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*