नेपाल उद्योग बाणिज्य महासंघको एशोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ बिजयी
३० चैत्र २०७९, बिहीबार ०८:२१

काठमाडौं । नेपाल उध्योग बाणिज्य महासंघको एसोसिएट उपाध्यक्षमा रामचन्द्र संघाई समुहबाट ज्योत्सना श्रेष्ठ बिजयी भएकी छिन् । विपक्षी अन्जन श्रेष्ठ र उमेश श्रेष्ठका साझा उम्मेदवार भरत राज आचार्यलाई भारी मतले पराजित गर्दै एशोसिएट उपाध्यक्षमा बिजयी भएकी हुन् ।
धरानी व्यवसायी श्रेष्ठले ८४६ मत ल्याउदा साझा उम्मेदवार आचार्यले ७८१ मत पाएका छन् । एशोसिएटमा ज्योत्सना श्रेष्ठ बिजयी भएसँगै अब अञ्जन श्रेष्ठलाई बरिष्ठ उपाध्यक्षमा निकै कठिन बन्ने देखिएको छ ।












