नेपाल उद्योग वाणिज्य महासंघ वरिष्ठ उपाध्यक्ष पदको लागि दोस्रो चरणको मतदान हुने

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआइ)को वरिष्ठ उपाध्यक्ष पदको लागि दोस्रो चरणको मतदान हुने भएको छ । निर्वाचनमा उम्मेदवार तीनै जनाले ५० प्रतिशत मतभार नकटाएपछि दोस्रो चरणको निर्वाचन हुने भएको हो ।
दोस्रो चरणको निर्वाचनमा सबैभन्दा धेरै मत पाएका दुई उम्मेदवारबीच प्रतिस्पर्धा हुने छ । उद्योग वाणिज्य संघको उपाअध्यक्ष पदमा रामचन्द्र संघाई, अन्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठ बीच प्रतिस्पर्धा छ ।
वरिष्ठ उपाध्यक्ष पदमा एसोसिएट तर्फ र जिल्ला नगर र वस्तुगततर्फको मतगणना सकिसकेको छ । वस्तुगत तर्फ कुल १२३ मत खसेको थियो ।
सोमध्ये वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार रामचन्द्र साघांईले १२ मत , अन्जन श्रेष्ठले ४१ मत र उमेशलाल श्रेष्ठले ६९ मत पाएका छन् । वरिष्ठ उपाध्यक्ष पदका लागि फेरि पनि उमेश र अन्जनबीच प्रतिस्पर्धा हुने भएको छ भने संघई बाहिरिएका छन् ।












