सिभिल बैंक छाडेका आचार्य लुम्बिनी विकास बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत नियुक्त

४ बैशाख २०८०, सोमबार ११:२२

काठमाडौं । लुम्बिनी विकास बैंकले नायब प्रमुख कार्यकारी अधिकृत सुमन आचार्यलाई नियुक्त भएका छन् । बैंक तथा वित्तीय संस्थामा उच्च व्यस्थापनमा रहि सफल कार्य गरेका आचार्यलाई कम्पनीले वैशाख ३ गते बाट लागु हुने गरी नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पाएका छन् ।

उक्त्त नवनियुक्त नायब प्रमुख कार्यकारी अधिकृत सुमन आचार्यले त्रिभुवन विश्वविद्यालयबाट एमविए सम्मको उच्च शिक्षा हासिल गरेका छन् । उनले सन् १९९९ मा त्रिभुवन विश्वविद्यालयबाट एमविएमा केन्द्रिय विभाग (व्यवस्थापन), किर्तीपुरको शिर्षस्थान तथा विश्वविद्यालय स्तरमा दोस्रो स्थनमा उत्तिर्ण भई उत्कृष्ठ थेसिस लेखन बापत कृष्ण चन्द्र रेग्मी अवार्डबाट समेत सम्मानीत भएका थिए ।

आचार्य हिमालयन बैंकमा गाभिनुअघि सिभिल बैंकको एजिएम रहेका थिए । सिभिल बैंक हिमालयनमा गाभिनुअघि बैंक छाडेका आचार्य आजदेखी लुम्बिनी विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका हुन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*