बालेन साहलाई सिंहदरबारको फोहोर उठाउन सर्वोच्चको आदेश
८ बैशाख २०८०, शुक्रबार १६:४०

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई सर्वोच्च अदालतले सिंहदरबार, राष्ट्रपति कार्यालयको फोहोर उठाउन आदेश दिएको छ ।
न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले आफ्नो आदेश प्राप्त गरेको मितिले तीन दिनभित्र फोहोर उठाउन अन्तरिम आदेश दिएको सर्वोच्च अदालतले जनाएको छ ।
मेयर साहले राजनीतिक दलका नेताहरूप्रति कडा टिप्पणी गर्दै गत चैत २५ गतेदेखि सिंहदरबारको फोहोर नउठाउने घोषणा गरेका थिए ।












