लयमा फर्कदै सुनको मूल्य, एक तोला खरिद गर्न एक लाख नौ हजार ३ सय खर्चिनुपर्ने

१० बैशाख २०८०, आईतवार १०:४९

काठमाडौं । साता कारोबार पहिलो दिन अर्थात आइतवार सुनको मूल्य घटेको छ । आज नेपाली बजारमा सुनको मूल्य तोलामा नौ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावालाको सुनको मूल्य तोलामा नौ सय रुपैयाँले घटेर १ लाख ९ हजार ३ सय रुपैयाँ कायम भएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य तोलामा १ लाख ८ हजार ८ सय रुपैयाँले कारोबार भैरहेको छ ।

अघिल्लो कारोबारको दिन अर्थात शुक्रवार नेपाली बजारमा सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेर छापावाला सुन १ लाख १० हजार २ सय रुपैयाँ र तेजावी सुनको मूल्य तोलामा १ लाख ९ हजार ६५० रुपैयाँले कारोबार भैरहेको थियो ।

आज चाँदीको मूल्य स्थिर तोलामा ५ रुपैयाँले घटेर एक हजार ४४० रुपैयाँमा कारोबार भैरहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*