मनकामना स्मार्ट लघुवित्तको पुँजी बृद्धिसहितको प्रबन्धपत्र संशोधन, जारी र चुक्तापुँजी पौने १५ करोड रुपैयाँ

१५ बैशाख २०८०, शुक्रबार १२:५८

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको कम्पनी अद्यावधिक, पुँजी बृद्धि सहितको प्रबन्धपत्र संशोधन अभिलेख गरिएको छ ।

सिद्धार्थनगर नगरपालिका–५, रुपन्देही ५ मा केन्द्रीय कार्यालय रहेको लघुवित्तले कम्पनी रजिष्ट्रारको कार्यालयलाई बुझाउनुपर्ने आर्थिक वर्ष २०७८।७९ सम्मका विवरणहरु उपलब्ध गराएबमोजिम रजिष्ट्रार कार्यालयले कम्पनीको प्रबन्धपत्र संशोधन अभिलेख गरेको हो ।

संस्थाको आव २०७८।७९ सम्म कम्पनी अद्यावधिक रहेको तथा गत चैत १६ गतेको वार्षिक साधारण सभाको निर्णय बमोजिम कम्पनीको साविकको जारी तथा चुक्तापुँजीलाई बृद्धि गरी प्रबन्धपत्रको दफा ६ को (ख) र (ग) मा भएको संशोधन गरिएको हो ।

संशोधित प्रबन्धपत्रअनुसार संस्थाको जारी पुँजी १४ करोड १७ लाख ४५ हजार ५०० रुपैयाँबाट १४ करोड ८४ लाख ७८ हजार ४११ रुपैयाँ कायम गरेको छ । त्यस्तै, चुक्तापुँजी १४ करोड १७ लाख ४५ हजार ५०० रुपैयाँबाट बृद्धि गरी १४ करोड ८४ लाख ७८ हजार ४११ रुपैयाँ कायम गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*