बढ्यो सुनको मूल्य, कतिमा हुदैछ आजको कारोबार ?

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार सुनको मूल्य बढेको छ र चाँदीको मूल्य स्थिर रहेको छ । नेपाली बजारमा सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी महासँघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेर १ लाख ११ हजार १ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख १० हजार ५५० रुपैयाँ कायम रहेको छ ।
कारोबारको अघिल्लो दिन छापावाला सुनको मूल्य तोलामा १ लाख ११ हजार रुपैयाँ र तेजावी सुनको मूल्य तोलामा १ लाख १० हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको तोलामा १ हजार ३७५ रुपैयाँले कारोबार भैरहेको छ ।