भारतबाट लिटरमै ९ रुपैयाँले घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

२ जेष्ठ २०८०, मंगलवार १४:४२

काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । इन्डियन आयल कर्पोरेशन लिमिटेड (आइओसी)ले नयाँ मूल्यसूची पठाएको हो ।

आइओसीले पठाएको मूल्यसूची अनुसार भारतबाट डिजल लिटरमा ८ रुपैयाँ ८ पैसा र पेट्रोल लिटरमा ९ रुपैयाँ ५१ पैसाले घटेर आएको छ । आइओसीले हरेक १५ दिनमा निगमलाई पठाउने नयाँ मूल्यसूची अनुसार डिजल र पेट्रोलको मूल्य घटेर आएको हो ।

तर आइओसीबाट मूल्यसूची घटेर आएपनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य घटाउने वा बढाउने नेपाल आयल निगमको मातहतमा रहेको हुन्छ । भारतबाट मूल्य घटेर आएकाले यही मूल्य कायम रहे निगमलाई आगामी १५ दिनमा लगभग साढे ३ अर्ब नाफा हुने अनुमान गरिएको छ । निगमलाई यही मूल्य यथावत रहे पेट्रोल लिटरमा १९ रुपैयाँ र डिजल लिटरमा १४ रुपैयाँ नाफा रहने छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*