कर्मचारी सञ्चय कोषद्वारा ११ पदमा दरखास्त आह्वान, कति चाहिन्छ शैक्षिक योग्यता ?

३ जेष्ठ २०८०, बुधबार १०:४०

काठमाडौं । कर्मचारी सञ्चय कोषले रिक्त रहेका पदहरुमा दरखास्त आह्वान गरेको छ । सञ्चय कोषले आज एक सूचना प्रकाशित गर्दै ११ पदमा कर्मचारी माग गरेको हो ।

कर्मचारी सञ्चयकोषले प्रशासन अन्तर्गत प्रमुख सहायक पददेखि प्रबन्धक पदको लागि दरखास्त आह्वान गरेको छ । कोषका अनुसार सो पदहरुमा आवेदन दिनको लागि उम्मेदवारले मान्यतप्राप्त शैक्षिक संस्थाहरुबाट स्नात्तकदेखि स्नाकोत्तर तह उत्तिर्ण गरेको हनुपर्ने छ ।

इच्छुक उम्मेदवारहरुले सूचना प्रकाशितको मिति (जेठ ३) गतेबाट आवश्यक प्रक्रिया पुरा गरी अनलाइन मार्फत आवेदन दिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*