सरकारद्वारा सार्वजनिक यातायतको भाडादर घटाउने निर्णय, कुन क्षेत्रको कति ?

३ जेष्ठ २०८०, बुधबार ११:४७

काठमाडौं । यातायात व्यवस्था विभागले लामो दूरीका सार्वजनिक यातायातको भाडादर घटाएको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएपछि यातायात व्यवस्था विभागले पनि भाडादर घटाएको हो ।

आयल निगमले मंगलबार डिजेटमा प्रतिलिटर १० रुपैयाँले मुल्य घटाएको थियो । सोहि अनुसार सरकारले भाडादर घटाएको हो । जेठ तीन गतेदेखि लागू हुने गरि आएको नयाँ भाडादर अनुसार नयाँ भाडादर अनुसार यात्रुबाहक र मालबाहक गाडीको भाडा घटेको छ । यातायात विभागका अनुसार यात्रुबाहक सवारीसाधनमा ३.२० प्रतिशत भाडा घटेको छ ।

त्यस्तै पहाडी बाटोमा चल्ने मालबाहक गाडीमा ४.१९ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मलबाहक गाडीमा ४.६५ प्रतिशतले भाडा घटाएको विभागले जनाएको छ ।

 

yata yat

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*