भ्रष्टाचार नियन्त्रण गर्न पत्रकारले घटना उजागर गर्नुपर्छः टंकमणि शर्मा

४ जेष्ठ २०८०, बिहीबार १०:४७

काठमाडौं । महालेखा परीक्षक टंकमणि शर्माले देशको भ्रष्टाचार नियन्त्रण गर्न पत्रकारले घटनाहरुको उजागर गनुपर्ने बताएका छन् । नेपाल पत्रकार महासंघको कार्यक्रमलार्ई सम्बोधन गर्दै शर्माले भ्रष्टाचार न्यूनीकरणको लागि उचित कदम चाल्नुपर्नेमा जोड दिँदै दुई भ्रष्टाचार नियन्त्रणमा सबैको भुमिका आवश्यक रहने बताए ।
‘व्याप्त भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन तर्फ उन्मुख हुने कि सबै अनुशासित भई आ आफ्नो तर्फबाट सुशासन कायम गराउँदै भ्रष्टाचार नियन्त्रण गर्ने, यी दुई मध्ये एक शुत्रको प्रयोग मार्फत भ्रष्टाचार तथा अनियमितता न्यूनीकरण गर्न सकिन्छ ?’ उनले भने ।

यसका साथै, उनले बढ्दो भ्रष्टाचार नियन्त्रणका लागि गठन भएका अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धीकरण विभाग, राष्ट्रिय सतर्कता केन्द्र लगायतका निकायहरुले मात्र नभएर आम जनताले सुशासनका लागि खबरदारी गर्नुपर्नेमा जोड दिएका छन् ।

सम्वैधानिक निकायका प्रमुख एक्लैले केही गर्न सक्दैनन् । यो अनुभव मैले ६ वर्षकाम गर्दा संगालेको छु भन्दै नागरिक समाजले खबरदारी गर्नुपर्दछ । मुलुक कुशासनको डरलाग्दो स्थितिमा पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*