सिंहदरबारबाटै पक्राउ परे शमशेर मियाँ
४ जेष्ठ २०८०, बिहीबार १३:००

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एक जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँलाई सिंहदरबार परिसरबाट पक्राउ गरेको हो।
घटनामा मियाँको संलग्नता खुलेपछि नियन्त्रणमा लिइएको हो। ठगी गर्ने गिरोहले उनको गाडी प्रयोग गर्दै आएको प्रहरी अनुसन्धानमा खुलेको छ।
मियाँ अर्का हाइ प्रोफाइल व्यक्ति हुन्। प्रहरीले उनलाई सिंहदरबार परिसरबाटै पक्राउ गरेको हो। उनको गाडी भने केही दिनअघि देखि नै प्रहरी नियन्त्रणमा थियो। मियाँ २०७७ माघदेखि नेपाल हज समितिका अध्यक्षका रुपमा कार्यरत छन्।












