सुनको मूल्य घट्यो, चाँदीको स्थिर
१८ असार २०८०, सोमबार ११:०६

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन अर्थात सोमबार सुनको मूल्य घटेको छ । आज नेपाली बजारमा सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा एक सय रुपैयाँले घटेर छापावाल सुनको मूल्य १ लाख १० हजार रुपैयाँ र तेजाबी सुनको मूल्य १ लाख ९ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
कारोबारको अघिल्लो दिन सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेर छापावाल सुुनको मूल्य १ लाख १० हजार १०० रुपैयाँ र तेजाबी सुनको मूल्य १ लाख ९ हजार ५५० रुपैयाँ कायम भएको थियो ।
आज चाँदीको भाउ कारोबारको अघिल्लो दिनको तुलनामा स्थिर रहेको छ । आज नेपाली बजारमा चाँदीको मूल्य १ लाख ३७० रुपैयाँ कायम भएको छ ।












