बीमा प्राधिकरणको नयाँ आवेदन खोल्न पुरानो अध्यक्ष नियुक्ति प्रक्रिया रद्द

काठमाडौं । नेपाल बीमा प्राधिकरणको पुरानो प्रक्रिया अन्तर्गतको अध्यक्ष पदमा नियुक्तिका लागि सुरु गरिएको आवेदन रद्द गरिएको छ। नयाँ आवेदन खुलाउन अध्यक्ष छनोट सिफरिस समितिले पुरानो प्रकृया रद्द गरिएको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।
अर्थ मन्त्रालयले प्राधिकरणको अध्यक्ष पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिको मिति २०८२ वैशाख १४ गतेको सूचनाअनुसार अघि बढाइएको सम्पूर्ण प्रक्रिया रद्द गरिएको जनाएको हो।
सूचनामा अध्यक्ष नियुक्तिसम्बन्धी प्रक्रिया उक्त सूचनाको सि।नं। ५ ९आ० बमोजिम रद्द गरिएको उल्लेख छ। अध्यक्ष पदका लागि आवेदन दिनेमा महेश्वर न्यौपाने, रमेशकुमार भट्टराई, यज्ञप्रसाद न्यौपाने, डा। राजेन्द्र पण्डित, डा। दिपबहादुर भण्डारी, देवकुमार ढकाल, ज्ञानेन्द्र अधिकारी, चिन्तामणि सिवाकोटी, डा। दामोदर बसौला, बुद्धकाजी श्रेष्ठ, विष्णुबाबु मिश्र, पारस काफ्ले, विक्रान्त पाण्डे र घनश्याम बुढाथोकीले आवेदन दिएका थिए ।
यसअघि सरकारले प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि तीन सदस्यीय सिफारिस समिति गठन गरिसकेको छ । वैशाख ८ गते बसेको मन्त्रिपरिषद् बैठकले गठन गरेको समितिको संयोजकमा डा। गुणाकर भट्ट छन् । त्यस्तै, समितिमा सदस्यका रूपमा घनश्याम उपाध्याय र विज्ञ सदस्यका रूपमा फत्त बहादुर केसी छन् ।
हाल प्राधिकरणको अध्यक्षमा चन्द्रकला पौडेल कार्यरत छिन्।













