धितोपत्र बोर्डको अध्यक्ष को बन्ला ?

९ जेष्ठ २०८३, शनिबार १७:२२

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा नाम सिफारिसका लागि गठित सिफारिस समितिले संक्षिप्त सूची तयार पारिसकेको छ । सिफारिस समितिले हिजो  सर्ट लिस्टमा परेका चार जना उम्मेदवारहरूलाई कार्य योजना प्रस्तुत गर्न र छलफलका लागि बोलाएको छ ।

यो सँगै  सेबोनको अध्यक्ष नियुक्ति प्रक्रिया अब अन्तिम चरणमा पुगेको छ। समितिले  सर्ट लिस्टमा परेका चार उम्मेदवारहरूलाई कार्य योजना प्रस्तुत गर्न र छलफलका लागि बोलाएको छ। नवराज अधिकारीः दिउँसो १ः०० बजेबाट छलफल सुरु भई दिउसो २ः३० बजेसम्म निरन्तर चलेको थियो।

स्रोतका अनुसार मुकुन्दकुमार क्षेत्री र डा. गोपाल भट्ट अध्यक्षको दाबेदारीमा रहेको चर्चा चुलिएको छ। स्रोतका अनुसार डा. गोपाल भट्टले अध्यक्षको लागि आवेदन दिँदा स्वार्थ बाझिने कारणले अध्यक्ष छनोट समितिबाट गुणाकर भट्टले राजिनामा दिएका थिए ।

धितोपत्र बोर्डले यसअघि अन्तवार्ताका लागि बोलाउने गरेको थियो भने नयाँ सरकार बनेसँगै चारजनालाई ’छलफल’ शब्द प्रयोग गरेको छ ।

यो प्रक्रियामा उम्मेदवारहरूले आफ्नो ’कार्य योजना’ (बिजनेस प्लान) प्रस्तुत गर्नुपर्ने हुन्छ। उनीहरूले बोर्डलाई कसरी अगाडि बढाउने, शेयर बजारका समस्या कसरी समाधान गर्ने र लगानीकर्ताको हित कसरी रक्षा गर्ने भन्ने बारेमा आफ्नो ’भिजन’ राख्छन्।

समितिले आज यी चारै जनासँग छलफल गरिसकेपछि उनीहरूको कार्य योजना र प्रस्तुतीकरणको मूल्याङ्कन गर्नेछ। ४७ जना आवेदकहरूमध्येबाट सर्ट लिस्टमा परेका यी चारमध्ये उत्कृष्ट ३ जनाको नाम समितिले मन्त्रिपरिषदमा सिफारिस गर्नुपर्ने कानुनी व्यवस्था छ।

आजै दिउँसो अबेरसम्म छलफल चल्ने र त्यसपछि मूल्याङ्कनको काम हुने हुनाले, समितिले भोलिसम्ममा सरकारलाई तीन जनाको नाम सिफारिस गर्ने बलियो सम्भावना छ।त्यसपछि मन्त्रिपरिषद्को बैठकले ती तीनमध्ये एक जनालाई धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गर्नेछ।

आवेदक ४७ जनामध्येबाट ४ जना छनोटमा परेका छन् । छनोटमा परेकामा डा. नवराज अधिकारी, विनयदेव आचार्य, मुकुन्दकुमार क्षेत्री र डा. गोपाल भट्ट रहेका छन् ।
अध्यक्षका लागि छनोट भएका ४ जनामध्येका भट्ट नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक हुन् । त्यस्तै छनोट भएका क्षेत्री पनि राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक हुन् । केही समय अघिमात्र अवकाश पाएका अधिकारी धितोपत्र बोर्डका पूर्व कार्यकारी निर्देशक हुन् । त्यसैगरी छनोट भएका आचार्य बोर्डका बहालवाला कार्यकारी निर्देशक हुन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*