‘आइएमई पे’मा प्रथम पटक एयरलाइन्स टिकट काट्ने ग्राहकलाई छुट

२५ भाद्र २०८०, सोमबार १५:५७

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ले एयरलाइन्स टिकट खरिद गर्दा प्रोमो कोडको प्रयोग मार्फत फ्ल्याटमा पाँच सय रुपैयाँ क्यासब्याक प्रदान गर्ने अफर सार्वजनिक गरेको छ ।

यस अफर अन्तर्गत सेवाग्राहीले आइएमई पे मार्फत पहिलो पटक टिकट खरिद गर्दा प्रोमो कोड प्रयोग गरी पाँच सय क्यासब्याक प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

सेवाग्राहीहरुलाई विधुत्तिय भुक्तानी माध्यम मार्फत सहजै एयरलाइन्स टिकट काट्न प्रोत्साहन गर्ने उदेश्यका साथ ल्याइएको यो अफर भाद्र २४ देखि सुरु भएको छ र पहिलो एक हजार योग्य सेवाग्राहीलाई प्रदान गरिने छ । यो अफर पहिलो पटक एयरलाइन्स टिकट काट्नु हुने सेवाग्राहीहरूलाई सीमित अबधि लागि मात्र हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*