विपक्षी दलको चर्को विरोधपछि प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता

७ जेष्ठ २०८३, बिहीबार १५:५८

काठमाडौं । प्रतिनिधिसभा बैठकमा विपक्षी दलको चर्को विरोधपछि प्रधानमन्त्री बालेन शाहलाई सभामुख डीपी अर्याललेभेट गर्न पुगेका छन् । प्रधानमन्त्रीको खोजीपछि संसद् बैठक स्थगित गरी सभामुख प्रधानमन्त्रीलाई भेट्न पुगेका हुन् ।

प्रधानमन्त्री र सभामुखबीच करिब आधाघण्टा कुराकानी भएको थियो ।

प्रधानमन्त्री बालेन्द्र शाहको खोजी गर्दै विपक्षी सांसदहरूले प्रश्न उठाइरहेका छन् । दिनहुँ प्रधानमन्त्रीलाई बोलाउनुपर्ने भन्दै सांसदहरूले सदनमा खोजेपनि सभामुखले बैठकमा आउन रुलिङ गरेका छैनन् । विपक्षी सांसदहरूले रुलिङ गरेरै बोलाउनुपर्ने माग गर्दै आएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*