नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष बन्न ३२ आकांक्षी, सदस्यसहित कुल ६५ को आवेदन

७ जेष्ठ २०८३, बिहीबार १६:१६

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष तथा सदस्य पदका लागि ६५ जनाले आवेदन दिएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सार्वजनिक गरेको सूचीअनुसार प्राधिकरणको अध्यक्ष पदमा ३२ जना र विभिन्न सात सदस्य पदका लागि ३३ जनाको आवेदन परेको हो ।

मन्त्रालयले वैशाख २६ गते सार्वजनिक सूचना जारी गर्दै इच्छुक व्यक्तिहरूबाट आवेदन माग गरेको थियो । प्राधिकरणको नेतृत्व तथा नीतिगत तहका पदहरूमा पूर्व प्रशासक, दूरसञ्चार क्षेत्रका विज्ञ, प्राविधिक जनशक्ति तथा निजी क्षेत्रसँग आबद्ध व्यक्तिहरूले समेत चासो देखाएका हुन् ।

अध्यक्ष पदका लागि आवेदन दिनेहरूमा रोहित रोनियार, नागेन्द्र कुमार दास, अनिल कुमार झा, दिपक राज लुईटेल, नवीन जीसी, डा. शैलेन्द्र गिरी, डा. ई. राजिव सुब्बालगायत रहेका छन् । अध्यक्षका आकांक्षीहरू काठमाडौँ, झापा, पर्सा, रोल्पालगायत विभिन्न जिल्लाबाट रहेका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*