सुवास नेम्वाङको अन्त्येष्टिको दिन सरकारले सार्वजनिक विदा दिने निर्णय

नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको अन्त्येष्टिको दिन सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको छ।मंगलबार बिहान बसेको मन्त्रीपरिषदको बैठकले नेम्वाङलाई राजकीय सम्मान दिने र अन्त्येष्टिको दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो।
नेम्वाङको मंगलबार हृदयघातबाट निधन भएको थियो। बालुवाटारस्थित निवासमै हृदयघात भएपछि उनलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो। साढे १ बजे हृदयघातपछि अस्पताल पुर्याइएका नेम्वाङको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो।