८ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुदैछ आजको कारोबार ?

२७ भाद्र २०८०, बुधबार १०:५८

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार सुनको मूल्य ह्वातै घटेको छ । नेपाली बजारमा आज सुनको मूल्य तोलाले ८ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख ११ हजार २ सय र तेजावी सुनको मूल्य प्रतितोला एक लाख १० हजार ६५० रुपैयाँ कायम भएको छ । कारोबारको अघिल्लो दिन छापावाला सुनको मूल्य एक लाख १२ हजार र तेजावी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ४५० रुपैयाँ कायम भएको थियो ।

कारोबारका अघिल्लो दिन मंगलबार प्रतितोला एक हजार ४०५ रुपैयाँ कायम रहेको चाँदी आज एक हजार ३९० रुपैयाँमा कायम भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*