अर्थ मन्त्रालय मातहतका ५५ जना उपसचिवहरुको सरुवा, कसको जिम्मेवारी कहाँ ? (सूचिसहित)

२७ भाद्र २०८०, बुधबार २०:४१

काठमाडौं । अर्थ मन्त्रालय मातहतका कर कार्यालयहरुमा कार्यरत ५५ उपसचिवहरुको सरुवा आज गरिएको छ । अर्थ मन्त्रालयले आन्तरिक राजश्व विभाग, ठुला करदाता, मध्यम स्तरिय करदाता, आन्तरिक राजश्व कार्यालयलगायत मातहतका निकायहरुमा बहाल रहेका उपसचिव तहका कर्मचारीहरुको सरुवा गरेर कर प्रशासनलाई चुस्त दुरुस्त बनाउने निर्णय गरेको जनाएको छ ।

बीमापोष्टलाई प्राप्त सरुवाको सूची अनुसार सह सचिवहरु जनार्दन आचार्य सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग, खिमबहादुर कुँवर, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र ताराप्रसाद सापकोटालाई सार्वजनिक वित्त ब्यवस्थापन तालिम केन्द्रको जिम्मेवारी तोकिएको छ । यस्तै अन्य सह सचिवहरु केशवकुमार उप्रेती, देवानन्द काफ्ले, ऋषिराम अधिकारी, दिब्यराज पोखरेल, देवनारायण पौडेल, सुनिलकुमार यादव, रामप्रमोद यादव, मिमांश अधिकारी, तिर्थराज बराल, जगदिश्वर उपाध्यायलाई अर्थमन्त्रालयको जिम्मेवारीमा खटाइएको छ ।

नयाँ फर्मेशन अनुसार आन्तरिक राजस्व कार्यालय लाजिम्पाटको प्रमुख कर अधिकृतमा संगीता घिमिरे सुवेदी, आन्तरिक राजश्व कार्यालय कालिमाटी प्रमुखको रुपमा यमराज पाण्डे, आन्तरिक राजस्व कार्यालय टंगाल प्रमुखको जिम्मेवारी कमला खरेल, आन्तरिक राजश्व कार्यालय कलंकीको जिम्मेवारीमा ज्ञानहरि पन्थीको सरुवा भएको छ ।

आन्तरिक राजस्व कार्यालय त्रिपुरेश्वरको प्रमुखमा राजुप्रसाद प्याकुरेल, आन्तरिक राजश्व कार्यालय जोरपाटीको प्रमुखमा चुडाराज सापकोटा, आन्तरिक राजस्व कार्यालय बत्तीसपुतलीको प्रमुखमा युवराज श्रेष्ठ, आन्तरिक राजस्व कार्यालय नयाँबानेश्वरको प्रमु्खमा गोविन्दराज आचार्य, आन्तरिक राजश्व कार्यालय चावहिलको प्रमुखमा राजकुमार अधिकारी, आन्तरिक राजस्व कार्यालय ललितपुर १ को प्रमुखमा नवराज पन्थीको सरुवा गरिएको छ ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*