सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आईतबार सुनचाँदीको भाउ बढेको छ । तीज नजिकिएसँगै सुनचाँदीको भाउ बढेको हो । आईतबार सुनको भाउ प्रतितोलामा ५०० रुपैयाँले बढेको हो ।
आज छापावाला सुन प्रतितोला १ लाख १२ हजार ३०० रुपैयाँमा कारोबार भएको छ भने तेजावी सुन १ लाख ११ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । कारोबारको अघिल्लो दिन छापावाला सुन १ लाख ११ हजार ८०० रुपैयाँ प्रतितोला र तेजावी सुन १ लाख ११ हजार २५० रुपैयाँका कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रुपैयाँले बढेर १ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।