आरविवि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुबै फण्ड नोक्सानीमा

१४ कार्तिक २०८०, मंगलवार १७:२९

काठमाडौं । आरविवि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित आरविवि म्युचुअल फण्ड–१ र आरविवि म्युचुअल फण्ड–२ दुबैको नोक्सानी बढेको छ । दुबै फण्डको नोक्सानी भदौको तुलनामा असोजमा बढेको हो ।

आरविवि म्युचुअल फण्ड–१
भदौ मसान्तसम्म ३ करोड १० लाख रुपैयाँभन्दा बढी नोक्सानीमा रहेको यस फण्डको असोज मसान्तसम्म ४ करोड ९४ लाख रुपैयाँभन्दा बढी नोक्सानी भएको छ ।असोज मसान्तसम्म फण्डको प्राप्त भइसकेको आम्दानी २ करोड ७२ लाख रूपैयाँभन्दा बढी रहेको छ यस्तो आम्दानी भदौ मसान्तसम्म १ करोड २४ लाख रूपैयाँभन्दा बढी रहेको थियो । असोज महिनामा फण्डको प्रति इकाई खुद मूल्य ९ रूपैयाँ २१ पैसा रहेको छ ।

भदौ महिनामा यो मूल्य ९ रूपैयाँ ३६ पैसा रहेको थियो । भदौको तुलनामा असोजमा फण्डको प्रति इकाई खुद मूल्य घटेको हो । असोज मसान्तसम्म योजनाको बैंक मुद्दती निक्षेप र धितोपत्रमा भएको लगानीको मूल्य ९५ करोड २५ लाख ७१ हजार रूपैयाँभन्दा बढी रहेको छ । फण्डले बैंक मुद्दती निक्षेपमा १८ करोड ७५ लाख रूपैयाँ लगानी गरेको छ ।

भदौ मसान्तसम्म फण्डको बैंक मुद्दती निक्षेप सहित धितोपत्रमा भएको लगानीको मूल्य ९७ करोड ५७ लाख रूपैयाँ रहेको थियो । भदौको तुलनामा असोज महिनामा फण्डको धितोपत्रमा भएको लगानीमूल्य घटेको हो । फण्डले धितोपत्रमा गरेको लगानीको परलमूल्य भने धितोपत्र दलाल कमिसन सहित १ अर्ब १ करोड ९२ लाख रूपैयाँभन्दा बढी रहेको छ । सात वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजनाले १२ करोड ५० लाख इकाई जारी गरेको थियो ।

आरविवि म्युचुअल फण्ड–२
यस फण्डको असोज मसान्तसम्मको नोक्सानी १ करोड ७२ लाख रूपैयाँभन्दा बढी रहेको छ । भदौ मसान्तसम्म ४८ लाख १० हजार रूपैयाँभन्दा बढी नोक्सानीमा रहेको फण्डको असोज मसान्तसम्म नोक्सानी बढेको हो ।

असोज मसान्तसम्म १ करोड ३३ लाखभन्दा बढी जम्मा आम्दानी ऋणात्मक रहेको फण्डले यस अवधिसम्म ३९ लाख ७ हजार रूपैयाँ खर्च गरेको छ । भदौ मसान्तसम्म १० रूपैयाँ २ पैसा रहेको फण्डको प्रति इकाई खुद मूल्य घटेर असोज मसान्तसम्म ९ रूपैयाँ ८८ पैसामा कायम भएको छ ।

धितोपत्रमा लगानी गर्ने मुख्य उदेश्य सहित सञ्चालनमा रहेको यस फण्डले असोज मसान्तसम्म धितोपत्र दलाल कमिसन सहित धितोपत्रमा गरेको लगानीको परलमूल्य ४३ करोड ५० लाख रूपैयाँभन्दा बढी रहेको छ ।

बैंक मुद्दती निक्षेपमा १२ करोड ५० लाख रूपैयाँ लगानी गरेको फण्डले धितोपत्रमा गरेको लगानीको बजारमूल्य भने ४१ करोड ६४ लाख रूपैयाँभन्दा बढी रहेको छ । १० वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस फण्डले ८ करोड ४६ लाख ११ हजार ९२९ इकाई जारी गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*