सिद्धार्थ इक्वीटी फण्डको नोक्सानी असोजमा बढ्यो

१४ कार्तिक २०८०, मंगलवार १६:५८

काठमाडौं । सिद्धार्थ इक्वीटी फण्ड अन्तर्गतको सिद्धार्थ इक्वीटी फण्डको नोक्सानी भदौको तुलनामा असोजमा बढेको छ । भदौ मसान्तमा ६ करोड २२ लाख रुपैयाँ नोक्सानीमा रहेको यस योजना असोज मसान्तमा ११ करोड ८१ लाख रुपैयाँ नोक्सानीमा रहेको हो ।

भदौ मसान्तमा फण्डको जम्मा खर्च ४८ लाख २४ हजार रुपैयाँ रहेकोमा असोज मसान्तमा बढेर ७० लाख ४५ हजार रुपैयाँ पुगेको छ । असोज मसान्तमा फण्डको जम्मा आम्दानी ११ करोड ११ लाख रुपैयाँ ऋणात्मक रहेको फण्डले सार्वजनिक गरेको विवरणमा देखिएको छ ।

साथै, फण्डको न्याभ पनि भदौ मसान्तको तुलनामा असोज मसान्तमा घटेको छ । भदौ मसान्तमा फण्डको न्याभ ९ रुपैयाँ ६२ पैसा रहेकोमा असोज मसान्तमा घटेर ९ रुपैयाँ २५ पैसा कायम भएको छ । यस फण्डले असोज मसान्तसम्ममा सूचीकृत शेयरमा १ अर्ब ४ करोड रुपैयाँभन्दा बढी लगानी गरेको छ ।

भदौ मसान्तमा फण्डको प्रति इकाई खुद मूल्य ९ रुपैयाँ ६२ पैसा रहेकोमा असोज मसान्तमा यो मूल्य ९ रुपैयाँ २५ पैसा रहेको छ । भदौ मसान्तसम्म योजनाको बैंक मुद्दती निक्षेप ९० करोड रुपैयाँ रहेकोमा असोज मसान्तसम्म बैंक मुद्दती निक्षेप ७० करोड रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*