एनआईसी एशिया ग्रोथ फण्ड र ब्यालेन्स्ड फण्डले गर्यो बुक क्लोजको मिति तय

१५ कार्तिक २०८०, बुधबार १०:३३

काठमाडौं । एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गतको एनआईसी एशिया ग्रोथ फण्ड र ब्यालेन्स्ड फण्डले प्रतिफल वितरण प्रयोजनार्थ बुकक्लोज मिति तय गरेका छन।

दुबै फण्डले कात्तिक २२ गते एक दिनका लागि बुकक्लोज गर्न लागेको हो। जसअनुसार कात्तिक २१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले दुबै फण्डले वितरण गर्ने प्रतिफल प्राप्त गर्न योग्य हुनेछन् ।

एनआईसी एशिया ग्रोथ फण्डले गत आर्थिक वर्षको लागि इकाईधनीहरुलाई कर सहित १०।५० प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेको थियो ।

त्यस्तै, एनआईसी एशिया ब्यालेन्स्ड फण्डले गत आर्थिक वर्षको लागि इकाईधनीहरुलाई कर सहित १० प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेको थियो।

फण्डको योजना व्यवस्थापकमा एनआईसी एशिया क्यापिटल र कोष प्रबद्र्धकमा एनआईसी एशिया बैंक लिमिटेड रहेको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*