तीन दिनमै दुई हजारले घट्यो सुनको मूल्य

१५ कार्तिक २०८०, बुधबार १०:५२

काठमाडौं । बुधबार सुनको भाउ घटेको छ । सोमबार र मंगलबार प्रतितोला पाँच सयका दरले घटेको सुन आज प्रतितोला एक हजार रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १५ हजार र तेजावी सुन प्रतितोला १ लाख १४ हजार ४५० रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन छापावाला सुन प्रतितोला १ लाख १६ हजार र तेजावी सुन प्रतितोला १ लाख १५ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । मंगलबार प्रतितोला १ हजार ४२० रुपैयाँमा कारोबार भएको चाँदी आज बुधबार ३५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३८५ रुपैयाँमा कारोबार भईरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*