बालेनको हैसियत १० बाट १७ नम्बरमा झर्‍यो, राष्ट्रिय मर्यादामा प्रदेश योजना आयोगको उपाध्यक्ष भन्दापछि

१५ कार्तिक २०८०, बुधबार ११:०६

काठमाडौं । केही दिन यता राष्ट्रिय जीवनका विभिन्न पदमा आशिन भीभीआईपी र भीआईपीहरुको मर्यादाक्रम हेरफेरमा सर्वत्र चासो बढेको छ । राष्ट्रिय सभामा उत्पत्ति भएको राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक २०७९ मा गरिएको व्यवस्थालाई लिएर सर्वत्र चासो बढेको हो ।

राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, मुख्यमन्त्री भन्दा खास गरी स्वतन्त्र हैसियतमा स्थानीय तहमा चुनाव जितेकाहरुलाई कति नम्बरमा राख्न खोजिएको छ ? भन्ने सन्दर्भमा बढी चासो छ । सोझै भन्दा स्वतन्त्र हैसियतबाट काठमाडौं महानगरपालिकाको मेयर जितेका बालेन्द्र शाह (बालेन)को लोकप्रियताका कारण मर्यादाक्रम हेरफेर गरिएको भन्दै टिकाटिप्पणी हुन थालेका छन् । राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ अनुसार महानगरपालिका प्रमुखको मर्यादा १७औं नम्बरमा राखिएको छ । ‘राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०८०’ राष्ट्रिय सभाबाट पारित समेत भएको छ।

१७ औँ नम्बरमा उच्च अदालतको न्यायाधीश, मुख्य न्यायाधिवक्ता, प्रदेश योजना आयोगको उपाध्यक्ष, जिल्ला समन्वय समितिको प्रमुख, महानगरपालिका प्रमुख, नेपाल प्रज्ञा प्रतिष्ठानको उपकूलपति, विश्वविद्यालयको प्राध्यापक, उपरथी, प्रहरी अतिरिक्त महानिरीक्षक, शसस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभाागको अतिरिक्त अनुसन्धान निर्देश, प्रदेश योजना आयोगको सदस्य, प्रदेश सरकारको पूर्वराज्यमन्त्री, प्रदेश सरकारको पूर्वसहायक मन्त्री, प्रदेश सभाको पूर्व सदस्यको मर्यादा तोकिएको छ ।

यसअघि २०७६ मा राजपत्रमा प्रकाशित मर्यादाक्रममा महानगरपालिका प्रमुखलाई प्रदेश सभाका राज्यमन्त्रीसँगै १०औँ नम्बरमा राखिएको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*