डिशहोमले क्रिकेट खेलाडीहरुको हौसला बढाउदै घोषणा गर्यो २० लाख सम्मको नगद पुरस्कार

१५ कार्तिक २०८०, बुधबार १४:३८

काठमाडौं । डिशहोमले नेपाली क्रिकेट खेलाडीहरुले मैदानमा देखाएको प्रयत्नमा खुशी व्यक्त गर्दै खेलाडीहरुको प्रोत्साहनका लागि २० लाख सम्मको नगद पुरस्कार घोषणा गरेको छ ।

अहिले नेपाली खेल मैदानमा भईरहेको टी–२० क्रिकेट विश्वकप छनोटको खेलमा नेपाली क्रिकेट खेलाडीहरुका हरेक रन, हरेक विकेट र हरेक माइल्स्टोनलाई सम्मान गर्दै हरेक इनिङ्गमा नेपाली खेलाडीहरुको हौसला बढाउनको लागि नगद पुरस्कारको घोषणा गरेको छ ।

खेलाडीहरुले एकै खेलमा १०० रन र पाँच विकेट दुबै लिएमा २० लाख, १०० रन गरेमा १० लाख, पाँच विकेट लिएमा ५ लाख, हाल्फ सेन्चुरी गरेमा एक लाख, ३ विकेट लिएमा १ लाख, ३५ रनको ५० हजार र ३ क्याच (स्टम्पिङ्) गरेमा ५० हजार रुपैयाँ नगद पुरस्कार दिने घोषणा गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*