भोलिदेखि सरकारी कार्यालयहरु ४ बजे नै बन्द हुने

१५ कार्तिक २०८०, बुधबार १७:३०

काठमाडौं । भोलि (कात्तिक १६ गते) देखि सरकारी कार्यालयहरु ४ बजे नै बन्द हुने भएको छ । हिउँदमा दिन छोटो हुने भएकाले सरकारले हरेक वर्षझै कार्यालयको खुला हुने समय घटाएको हो ।

राजपत्रमा प्रकाशित सूचना अनुसार भोलि अर्थात कात्तिक १६ गतेदेखि माघ १५ गते (तीन महिना) सम्म देशभरका सरकारी कार्यालयहरु बिहान १०ः०० बजेदेखि अपरान्ह ४ः०० बजेसम्म मात्र खुला रहनेछन् ।

शुक्रबार भने बिहान १०ः०० बजेदेखि दिउँसो ३ः०० बजेसम्म मात्रै सरकारी कार्यालय खुल्ने जनाइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*