अमेरिकी डलरको भाउ हालसम्मकै उच्च विन्दुमा

१६ कार्तिक २०८०, बिहीबार ११:१३

अमेरिकी डलरको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार ९कात्तिक १६ गते० १ डलरको भाउ ९बिक्रीदर० १३३ रुपैयाँ ५७ पैसा कायम भएको छ । जुन अहिलेसम्मकै उच्च हो ।

यस्तै, खरिददर पनि १३२ रुपैयाँ ९७ पैसा कायम भएको छ । यसअघि असोज ३० गते डलरको भाउ ९बिक्रीदर० १३३ रुपैयाँ ५५ पैसा पुगेर रेकर्ड बनाएको थियो । पछिल्लो समय डलरको तुलनामा भारतीय रुपैयाँ ९भारु० पनि निरन्तर कमजोर बन्दै गएको छ ।

भारुसँग नेरुको स्थिर विनिमय दर कायम भएकाले भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुने गर्छ । बुधबार भारतीय रुपैयाँ ९भारु० पनि इतिहासकै न्यून विन्दुमा बन्द भएको थियो । अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ ८३।३३ मा बन्द भएको थियो ।

पछिल्लो समय भूराजनीतिक तनावका कारण अमेरिकी डलर मजबुत बन्दै गएको छ । डलर महँगो हुँदा नेपाललगायत आयातमुखी अर्थतन्त्र भएका देशहरुलाई समग्रमा घाटा बढी पर्छ । निर्यात महँगो पर्छ भने वैदेशिक ऋणको लागत पनि बढ्छ । विदेशबाट रेमिटेन्स पठाउनेलाई भने केही फाइदा हुनसक्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*