एफवान सफ्ट इन्टरनेशनलको ग्रुप चिफ फाइनान्स अफिसरमा अभिष आचार्य नियुक्त

काठमाडौं । नेपालको अग्रणी फिनटेक कम्पनी एफवान सफ्ट ग्रुपको ग्रुप चिफ फाइनान्स अफिसरमा अभिष आचार्य नियुक्त भएका छन् ।
यसअघि लक्ष्मी सनराइज बंैकमा करिब १० वर्ष वित्त प्रमुखको रूपमा कार्यरत उनलाई एफवान सफ्टका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले स्वागत गरेका छन् ।
लक्ष्मी सनराइजमा वित्तीय कोष र लगानीको क्षेत्रमा काम गर्दै चाटर्ड एकाउन्टेन्ट समेत रहेका उहाँले लक्ष्मी सनराइजमा आउनभन्दा पहिलेपनि विभिन्न अडिट फर्महरूमा काम गरेका थिए । एफवान सफ्टमा नियुक्त भएसँगै उनले वित्तीय टेक्नोलोजीलाई तिब्र गतिमा अगाडी बढाइरहेको एफवानसफ्ट ग्रुप दिनानुदिन ठूलो संस्था बनिरहेको र यस संस्थालाई वित्तीय क्षेत्रबाट आफुले सक्दो सहयोग पुर्याउने बाचा गरेका छन् ।
एफवान सफ्ट नेपालको सबैभन्दा ठुलो फिनटेक कम्पनी हो । जुन १९ वर्षभन्दा बढि समयदेखि डिजिटल फाइनान्स्मा केन्द्रित छ । कम्पनीले हाल एक हजार भन्दा दक्ष जनशक्तिलाई रोजगारी दिँदै आएको छ । एफवान सफ्ट कम्पनी अन्तर्गत हाल इसेवा, फोनपे, इसेवा मनि ट्रान्स्फर, दियालो टेक्नोलोजिज, बससेवा जस्ता अग्रणी कम्पनीहरू रहेका छन् ।