मेटलाइफले ल्यायो माई चाईल्डस एडूकेशन प्रोटेक्शन प्लान

बालबालिका र अभिभावक दुवैको लागि बीमा रक्षावरण
१६ कार्तिक २०८०, बिहीबार १७:१८

काठमाडौं । अभिभावकहरूलाई आफ्ना साना बालबालिकाहरूको भविष्य र सपनाहरू सुरक्षित गर्न मद्दत गर्दै, मेटलाइफले यो हप्ता आफ्नो नयाँ बीमा योजना “माई चाईल्डस एडूकेशन प्रोटेकशन प्लान“ प्रचलनमा ल्याएको छ ।

यो बीमा योजना ३१ दिन देखि १५ वर्ष उमेरका बालबालिकाहरुको लागि संरक्षण प्रदान गर्न तयार गरिएको हो । यस योजनाको उद्देश्य बालबालिकाहरुले जीवनमा जस्तोसुकै चुनौतीहरू सामना गर्नुपरे पनि उनीहरूको शैक्षिक आकांक्षाहरूको निरन्तरतालाई सुनिश्चित गर्नु हो ।

यो बीमा योजना एक बृहत समाधान भएको र जसले बालबालिकाहरुलाई मात्र नभई अभिभावक (बीमालेख मालिक) लाई पनि बीमा कभरेज प्रदान गर्ने कम्पनीले जनाएको छ । अभिभावकको दुर्भाग्यपूर्ण मृत्युको अवस्थामा, यस योजनाले बीमांक रकमको १००% बराबर एकमुष्ठ भुक्तानी प्रदान गर्नुका साथै भविष्यमा भुक्तानी गर्नुपर्ने बीमाशुल्कको छूट तथा बीमा योजनाको बीमांक रकमको २% बराबरको मासिक आय लाभ समेत प्रदान गर्ने कम्पनीले दाबी गरेको छ । यो बीमालाभले अभिभावकको अनुपस्थितिमा पनि बालबालिका प्रति शैक्षिक जिम्मेवारीहरूलाई साथ दिइरहने कुरा सुनिश्चित गर्दछ ।

अभिमावकलाई हुन सक्ने सम्भावित असक्तता, दुर्घटना र घातक रोगहरू बिरुद्ध रक्षावरणका लाागि विभिन्न पूरक करारहरु मध्येबाट छनौट गर्ने विकल्प पनि रहेको कम्पनीले जनाएको छ । न्यूनतम बीमांक रकम रु २५०,००० र अधिकतम रु ५,०००,००० भएको यो योजनामा १० देखि २५ वर्षसम्मको लचिलो बीमा अवधिहरु मध्ये छनौट गर्न सकिन्छ ।

यस्तो बहुमुखी योजनाले आमाबाबुलाई आफ्नो बालबालिकाको शैक्षिक र भविष्यका आवश्यकताहरू अनुरूप सबै भन्दा उपयुक्त बीमालाभहरु छनौट गरी रक्षावरण प्राप्त गर्न मद्दत गर्दछ । यसले परिवारहरूका लागि उनीहरूका बालबालिकाहरुलाई उनीहरूले पाउने अवसर र पाउनु पर्ने आवश्यक मद्दतको सुनिश्चित गर्दै, जीवनमा जस्तोसुकै आईपर्ने चुनौतीहरूविरुद्ध सुरक्षा समाधान प्रदान गर्दछ ।

मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले भने, “माई चाईल्ड एडुकेशन प्रोटेकशन प्लान“ ले नेपालको युवाहरूको भविष्यका लागि हाम्रो आश्वासनलाई प्रतिनिधित्व गर्दछ । हामी बुझ्दछौं कि शिक्षा उज्ज्वल भविष्यको लागि चाबी हो, र यो योजना आमाबाबु वा अभिभावकहरूप्रति हाम्रो प्रतिबद्धता हो कि हामी वहाहरूका बालबालिकाहरूको सपनाहरू सुरक्षित गर्न यहाँ छौं । यो सफलताको लागि र प्रत्येक बालबालिकाको यात्राको लागि सुरक्षित मार्ग प्रशस्त गर्ने वाचा हो ।”

मेटलाइफको सहायक कम्पनीको रुपमा संयुक्त राज्य अमेरिकामा दर्ता भएको अमेरिकन लाइफ ईन्स्योरेन्सको शाखाको रुपमा मेटलाइफ सन् २००१ देखि नेपालमा सञ्चालनमा आएको हो । नेपालमा मेटलाइफले उपभोक्ता तथा व्यवसायहरुलाई जीवन बीमा, दूर्घटना तथा स्वास्थय बीमा, र कर्मचारी लाभ (समूह बीमा) जस्ता सुविधाहरु प्रदान गरिरहेको छ ।

मेटलाइफ ईन्क आफ्नो सहायक तथा सम्बन्धन प्राप्त गरेका कम्पनीका माध्यमबाट आफ्ना व्यक्तिगत र संस्थागत ग्राहकहरुलाई अघि सहज रुपमा अघि बढ्न विभिन्न बीमा योजनाहरु, वार्षिक योजनाहरु, कर्मचारी लाभ योजनाहरु तथा सम्पत्ति व्यवस्थापन योजनाहरु प्रदान गर्ने संसारकै अग्रणी वित्तीय सेवा कम्पनीहरु मध्ये एक हो । सन् १८६८ मा स्थापित मेटलाइफ संसारभरि ४० भन्दा बढी सहरहरुमा सञ्चालनमा रहेको छ भने संयुक्त राज्य अमेरिका, जापान, ल्याटिन अमेरिका, एसिया, यूरोप तथा मध्य एसियामा अब्बल स्थानमा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*