सर्वोच्चको आदेश लगत्तै रिगलले गरे बाँके प्रहरीमा आत्मसमर्पण

१६ कार्तिक २०८०, बिहीबार १७:२१

काठमाडौं । सर्वोच्च अदालतले आममाफीको निर्णय बदर गर्दै पक्राउ गर्न आदेश दिएका योगराज ढकाल (रिगल)ले बाँके प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्। बिहीबार रिगल जिल्ला प्रहरी कार्यालय बाँके पुगेर प्रहरी समक्ष आत्मसमर्पण गरेका हुन्।

संविधान दिवसको अवसर पारेर सरकारले ६० प्रतिशत कैद कट्टा गर्न भन्दै राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । सरकारको सिफारिस राष्ट्रपति रामचन्द्र पौडेलले जस्ताको त्यस्तै सदर गर्दै आममाफीको निर्णय दिएपछि रिगल दाङ कारागारबाट छुटेका थिए ।

सरकारले रिगलको बाँकी कैद मिनाहा गर्ने निर्णयविरूद्ध चेतनकी श्रीमती भारतीले गत असोज २२ गते सर्वोच्चमा रिट हालेकी थिईन् । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा. कुमार चुडालको इजलासले संविधान दिवसको अवसर पारेर राष्ट्रपतिबाट कैद सजाय मिनाहा गर्ने सकारको निर्णय बदरको आदेश दिएको हो ।

सर्वोच्चको यो आदेशलाई अधिकांशले सरकार र राष्ट्रपतिबाट भएको अक्षम्य अपराध न्यायालयले सच्याएको रुपमा अर्थ्याएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*