नेपाल र यूएई सेमिफाइनल खेलको टिकट अनलाइनबाट मात्र काट्न सकिने

१६ कार्तिक २०८०, बिहीबार १७:५७

काठमाडौं । टी–२० विश्वकप छनोट अन्तर्गत मुलपानी क्रिकेट मैदानमा हुने नेपाल र यूएई बीच सेमिफाइनल खेलको लागि मात्र ३५०० टिकट अनलाइन मार्फत काट्न सकिने भएको छ । उक्त खेलका लागि मैदानमा टिकट बुथ नरहने नेपाल क्रिकेट संघले जनाएको हो ।

निश्चित संख्यामा उपलब्ध हुने सेमिफाइनल खेलको टिकट आइएमई पेमार्फत काट्न सकिने क्यानले जनाएको छ । उक्त खेल सकभर घरमै बसेर हेर्न क्यानले अनुरोध समेत गरेको छ ।

साथै क्यान, क्रिकेटसँग सम्बन्धित सबै अतिथिलाई समेत मुलपानी मैदानको सो सेमिफाइनल खेलको पास वितरण नहुने क्यानले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*