नेपाली सेनाको अधिकृत क्याडेटका लागि २२९ जनाको भर्ना खुल्यो (विज्ञापनसहित)

१७ कार्तिक २०८०, शुक्रबार १०:४४

काठमाडौं । नेपाली सेनाको अधिकृत क्याडेट (सहायक सेनानी) पदका लागि ठूलो संख्यामा जागिर खुलेको छ । नेपाली सेनाको भर्ना छनोट निर्देशनालय जङ्गी अड्डाले विज्ञापन प्रकाशित गरेर भर्ना खोलेको हो । विज्ञापन अनुसार खुल्लातर्फ १२२ जना, महिला १७, आदिवासी जनजाती ३३, मधेशी २७, दलित १५, पीछडिएको क्षेत्र ३ र सैनिक परिवारभित्रबाट १२ जना गरी २ सय २९ जनाको भर्ना खुलेको हो ।

कार्तिक १७ गतेदेखि मंसिर १६ गतेसम्म भर्ना मिति तोकिएको छ भने मंसिर १७ गतेदेखि २३ गतेसम्म ७ दिन दोब्बर दस्तुर तिरेर दरखास्त फाराम भर्न सकिन भर्ना छनोट समितिले जनाएको छ ।

थप विवरणका लागि हेरौँ विज्ञापन

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*