तारा एयरका दुई पाइलटले खेले फाइट, युनिफर्ममै कुटाकुट

१७ कार्तिक २०८०, शुक्रबार १०:५८

काठमाडौं । रामेछाप विमानस्थलमा तारा एयरका दुई पाइलटले आपसमा झगडा गरेका छन् । शुक्रबार बिहान ८ बजे तारा एयरको टुइनअटर विमान लुक्लाबाट रामेछाप विमानस्थलमा अवतरण गराएका वरिष्ठ क्याप्टेन सन्तोष साह र त्यही कम्पनीका अर्का क्याप्टेन सञ्जीव श्रेष्ठबीच युनिफर्ममै रहेका बेला कुटाकुट भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

झगडाको कारण भने खुलेको छैन । प्राधिकरणका एक जना उपनिर्देशकका अनुसार, दुवै जना क्याप्टेनको ड्युटी अदलीबदलीको समयमा झगडा भएको हो । क्याप्टेन साह विमानस्थल भवनतर्फ आउँदै गर्दा अर्का क्याप्टेन श्रेष्ठ जहाजतर्फ जाँदै थिए । ती उपनिर्देशकका अनुसार सन्तोष साहले हात मिलाउन खोज्दा सञ्जीवले धकेले, उनी लडेपछि दुई जनाले हानाहान गरे ।

घटनापछि क्याप्टेन साहले आफूलाई हातमा चोट लागेको र मन्थली बजारमा उपचार गर्न गएको तथा क्याप्टेन सञ्जीव श्रेष्ठ जहाज लिएर लुक्ला पुगेको बताइएको छ । श्रेष्ठले उडाएको जहाज र उनलाई लुक्ला विमानस्थलमै ग्राउन्डेड गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*