बढ्न थाल्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

१७ कार्तिक २०८०, शुक्रबार ११:०१

काठमाडौं । तीन दिनदेखि लगातार घटेको सुनको भाउ पुनः बढ्न थालेको छ । बिहीबार प्रतितोला सात सय रुपैयाँले बढेको सुन शुक्रबार पुनः २०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १५ हजार ९०० र तेजावी सुन प्रतितोला १ लाख १५ हजार ३५० रुपैयाँमा कायम भएको छ । अघिल्लो दिन प्रतितोला छापावाला सुनको मूल्य १ लाख १५ हजार ७०० र तेजावी सुन १ लाख १५ हजार १५० रुपैयाँमा कामय भएको थियो ।

त्यस्तै, आज चाँदीको भाउभने घटेको छ । बिहीबार प्रतितोला १ हजार ४०५ रुपैयाँमा कायम भएको चाँदी आज २५ रुपैयाँले घटेर १ हजार ३९० रुपैयाँमा कायम भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*