मेरीना इम्पेक्सले नेपाली क्रिकेट टीमलाई चालिस जोर सुट दिने

१७ कार्तिक २०८०, शुक्रबार ११:११

काठमांडौ । बागबजारमा रहेको मेरीना इम्पेक्सले नेपाली क्रिकेट टीमलाई चालिस जोर सुट दिने भएको छ । मेरीना इम्पेक्स र नेपाल क्रीकेट सघंबीच आज उक्त सम्झौता भएको हो ।

सम्झौतामा मेरीना इम्पेक्सका तर्फबाट पवन खड्का र क्यानका तर्फबाट कोषाध्यक्ष पदम बहादुर खड्काले हस्ताक्षर गरेका छन ।

टी–२० वल्र्ड कपमा नेपाली क्रिकेट टीमको सहभागिताको प्रबल सम्भाबना रहेको बेला खेलाडिको हौसला बढाउन उक्त सहयोग गरेको मेरीना इम्पेक्स्ले जनाएको छ ।पछिल्लो समय नेपाली क्रिकेटले देशलाई अन्तर्राष्ट्रिय स्तमा चिनाएकोले क्रिकेट टीमलाइ सहयोग गर्नुपर्ने दायित्वबोधलाई मनन गर्दै आफुहरुले सहयोग गरेको मेरीना इम्पेक्सका अर्जुन बस्नेतले बताए ।

बिगत ४१ बर्षदेखी स्तरिय शर्टिङ, शुर्टिङ तथा टेलरिङ्ग सेवा दिदै आएको मेरीना इम्पेक्स आफ्नो उत्कृष्ट सेवाका लागी परिचित छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*