क्यानलाई आवश्यक स्रोत र सहयोग उपलब्ध गराउने डिशहोमको प्रतिबद्धता

१७ कार्तिक २०८०, शुक्रबार ११:४६

काठमाडौं । डिश मिडिया नेटवर्क लिमिटेड (डिशहोम फाईवरनेट) ले टि–२० विश्वकप फाइनल एसिया छनोटमा नेपाल टोलीलाई समर्थन गर्न नेपाल क्रिकेट संघ (क्यान) सँग आफ्नो साझेदारीको सम्झौता गरेको छ।

नेपाली टोली अन्तर्राष्ट्रिय मञ्चमा छाप बनाउन प्रयासरत रहेको अवस्थामा डिशहोम फाईवरनेट र नेपाल क्रिकेट संघ (क्यान) बीचको सहकार्य एक महत्वपूर्ण आयाम भएको डिशहोमले जनाएको छ । चलिरहेको टि–२० विश्वकप एशिया छनोटको ठूलो महत्व भएको र डिशहोम फाईवरनेटको सहयोगमा, टोलीले आर्थिक अवरोध बिना आफ्नो प्रदर्शनमा ध्यान केन्द्रित गर्न विश्वास कम्पनीले लिएको छ।

डिशहोम फाईवरनेटका कार्यकारी उपाध्यक्ष रमेश सापकोटाले आफ्नो उत्साह व्यक्त गर्दै ‘हामी नेपाल टोलीलाई समर्थन गर्न र नेपाली क्रिकेटको प्रवर्द्धन गर्न पाउँदा उत्साहित छौं । हाम्रो प्रतिबद्धता क्यानलाई आवश्यक स्रोत र सहयोग उपलब्ध गराउनु हो ।’ भनेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*