एक दशकपछि नेपाल टी-ट्वेन्टी विश्वकपमा छनोट

१७ कार्तिक २०८०, शुक्रबार १४:३५

काठमाडौं । नेपाल एक दशकपछि टी-ट्वेन्टी विश्वकप क्रिकेटमा छनोट भएको छ । शुक्रबार आफ्नै घरेलु मैदान मूलपानीमा संयुक्त अरब इमिरेट्स (युएई)लाई ८ विकेटले हराउँदै नेपाल सन् २०२४ को जुनमा अमेरिका र वेष्ट इन्डिजमा हुने टी–ट्वेन्टी विश्वकपका लागि छनोट भएको हो ।

नेपालले सन् २०१४ मा बंगलादेशमा भएको टी-ट्वेन्टी विश्वकप खेलेको थियो । त्यसपछि नेपाल विश्वकप टी-ट्वेन्टीमा छनोट हुन सकेको थिएन । काठमाडौंमा भएको छनोटबाट ओमान पनि विश्वकप टी–ट्वेन्टीमा छानिएको छ ।

मूलपानी मैदानमा युएईले दिएको १३५ रनको चुनौती पछ्याउँदा नेपालका आशिफ शेखले सर्वाधिक ६३ रन बनाए । कप्तान रोहित पौडेलले ३५, गुल्सन झाले २२, कुशल भुर्तेलले ११ रनको योगदान गरे ।

टस जितेर पहिले व्याटिङ गरेको युएईलाई मध्यम स्कोरमा रोक्न नेपालका कुशल मल्लले महत्वपूर्ण ३ विकेट लिए । ३ ओभरमा ११ रन खर्चेर उनले ३ विकेट लिएका हुन् । सन्दीप लामिछानेले २, सोमपाल कामी र रोहित पौडेलले समान १-१ विकेट लिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*