मध्यराति जाजरकोटमा शक्तिशाली भुकम्प, नालगाड नगरपालिकाकी उपमेयरसहित ३६ को मृत्यु, हजारौं घाइते

१८ कार्तिक २०८०, शनिबार ०५:३०

काठमाडौं । पश्चिम नेपालको जाजरकोटमा हिजो मध्यराति गएको शक्तिशाली भुकम्पबाट थुप्रै धनजनको क्षति भएको छ । हालसम्म प्राप्त विवरण अनुसार करिब ३६ जनाको निधन भइसकेको छ भने अन्य हजारौं घाइते भएका छन् । हिजो राति ११ः४७ बजे जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएको गएको ६.४ रेक्टर स्केलको भुकम्पबाट सयौं घरहरु भत्किएको छ ।

मध्यरातमा गएको भुकम्पसँगै पटक पटक गएको परकम्पका कारण जाजरकोटबासी हजारौं जनता घर बाहिर नै बसिरहेका छन् । मध्यराति सुतिरहेको बेला गएको भुकम्पको कारण ठूलो धनजनको क्षति भएको प्रारम्भिक रुपमा प्राप्त समाचारमा जनाइएको छ ।

 

यसैबीच, जिल्लास्थित नालगाड नगरपालिकाकी उप मेयर सरिता सिंहको हिजो गएको भुकम्पमा परेर निधन भएको छ । उनीसँगै घरमा बसेका अर्का एक भाइ पनि भुकम्पमा परेर निधन भएको जनाइएको छ ।

जाजरकोट सदरमुका खलंगास्थित जिल्ला अस्पतालमा सयौं घाइतेहरुले भरिभराऊ रहेको छ । जाजरकोटको खलंगास्थित राजेन्द्र बिक्रम शाहले भुकम्पले दर्जनौंको निधन भएको र अझै कैयौं मृतकहरुको उद्धार बाँकी रहेकोले अहिले नै विवरण दिन नसकिने बताए । भुकम्पको केन्द्रबिन्दु भएको रामिडाँडा आसपासका क्षेत्रमा अधिकांश घरहरु भत्किएको बताए ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*