जाजरकोट भुकम्प प्रभावितको उद्धारमा नेपाली सेना चुक्यो, समयमा उद्धार नहुँदा मृतकको संख्या भयावह हुनसक्ने

१८ कार्तिक २०८०, शनिबार ०५:४५

काठमाडौं । जाजरकोटको जिल्ला अस्पताल खलंगामा सयौं घाइतेहरु ल्याइएको छ । ५० शैयाको अस्पतालमा पर्याप्त जनशक्ति छैन । घाइतेहरुलाई उपचार गर्ने ठाउँको अभावमा अस्पताल बाहिर खुला चौरमा उपचार भइरहेको छ । घाइतेहरुको ओसार पसारमा स्थानीयबासी र नागरिक समाज मात्रै छ नेपाली सेनाको उपस्थिति कही कतै छैन ।

यत्रो भुकम्पपछि हजारौं जनता घर बाहिर नै सुते तर नेपाली सेनाको उपस्थित उद्धार तथा राहतमा देखिएको छैन । जाजरकोटको खलंगास्थित जिल्ला अस्पतालमा उद्धार तथा राहतमा खटिएका राजेन्द्र बिक्रम शाहका अनुसार नेपाली सेनाको उपस्थिति उद्धार तथा राहतमा देखिएको छैन । त्यस्तै, जिल्लास्थित सशस्त्र प्रहरी र जनपथ प्रहरी पनि भुकम्प पीडितको उद्धार तथा राहतमा खासै नखटिएको जनाइएको छ ।

नेपाली सेनाको जनसम्पर्क विभागका जनसम्पर्क अधिकृत कृष्ण प्रसाद भण्डारी मोबाइल अफ गरेर सुतेका छन् । नेपाली सेना राति नै परिचालन गरिएको भए जाजरकोट र अन्य जिल्लाबाट समेत परिचालित नेपाली सेनाले रातभरमा धेरै उद्धार गर्न सक्ने र घाइतेहरुको ज्यान बच्न सक्नेमा यस पटकको भुकम्पमा नेपाली सेना चुकेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*