आज सुनचाँदीको मूल्य स्थिर
२ पुष २०८०, सोमबार ११:०४

काठमाडौं । सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर छ । आइतबार भने सुन प्रतितोला १३ सय रुपैयाँले घटेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १७ हजार ८०० र तेजावी सुन प्रतितोला १ लाख १७ हजार २५० रुपैयाँमा कायम भएको छ । आइतबार पनि सुन सोही मूल्यमा कायम रहेर सुन कारोबारमा आएको थियो ।

त्यसै गरी आइतबार चाँदी प्रतितोला १ हजार ४५५ रुपैयाँमा कारोबार भएको थियो । आज पनि चाँदी सोही मूल्यमा कायम भएको छ ।












