दुई दिनमै बाह्र सयले महंगियो सुन, तोलाको कति?

४ पुष २०८०, बुधबार ११:०३

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको भाउ बढेको हो । मंगलबार प्रतितोला दुई सयले महंगिएको सुनको भाउ आज पुनः एक हजारले महंगिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख १९ हजार र तेजावी सुन प्रतितोला १ लाख १८ हजार ४५० रुपैयाँमा कायम भएको छ । मंगलबार छापावाला सुन प्रतितोला एक लाख १८ हजार र तेजावी सुन प्रतितोला १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको भाउपनि बढेको छ । मंगलबार प्रतितोला १ हजार ४५० रुपैयाँमा कारोबार भएको चाँदी आज १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४६५ रुपैयाँमा कायम भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*