अपि पावर कम्पनीको साधारणसभा आह्वान, बुकक्लोज कहिले ?
६ पुष २०८०, शुक्रबार ११:१४

काठमाडौं । अपि पावर कम्पनीले वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनीले पुस २७ गते साधारणसभा आह्वान गरेको हो ।
सभाले संचालक समितिको तर्फवाट आर्थिक वर्ष २०७९।०८०को वार्षिक प्रतिवेदन प्रस्तुत र छलफल गरी पारित गर्नेछ । साथै, सभाले लेखापरिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७९ र ०८०को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तिय विवरणहरु छलफल गरी पारित गर्नेछ ।
कम्पनीले साधारणसभाले प्रयोजनको लागि पुस १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १७ गतेसम्म कायम शेयरधनीले साधारणसभामा भाग लिन सक्ने छन् । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।












