सुनको भाउ बढ्दा चाँदीको घट्यो, कतिमा हुँदैछ कारोबार?
८ पुष २०८०, आईतवार ११:३९

काठमाडौं । साताको पहिलो दिन सुनको भाउ बढेको छ । आइतबार सुन प्रतितोला १०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १९ हजार ९०० रुपैयाँमा कायम भएको छ । त्यसैगरी तेजावी सुन प्रतितोला १ लाख १९ हजार ३५० रुपैयाँमा कायम भएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेको छ । नेपाली बजारमा आज चाँदीको मूल्य प्रतितोला १ हजार ४७५ रुपैयाँ कायम भएको छ ।












