सर्बोच्चको आदेशपछि स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा.दामोदर बसौलाले सम्हाले जिम्मेवारी

८ पुष २०८०, आईतवार १३:२६

काठमाडौं। स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा। दामोदर बसौला आजबाट पुन काममा फर्किएका छन्। स्वास्थ्य मन्त्री मोहन बस्नेतले ७० दिन अघि २६ असोजमा विभिन्न आरोप लगाउँदै उनलाई तीन महिना निलम्बनको पत्र थमाएका थिए ।

तर, मन्त्रीको निर्णय विरुद्ध उनी सर्वोच्च गएका थिए। गत शुक्रबार सर्बोच्चले निलम्बन सम्वन्धी निर्णय कार्यान्वयन नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेपछि डा। बसौला आजबाट काममा फर्किएका हुन् ।

‘अन्यायपूर्ण ढंगले निलम्बन गरिएको थियो। त्यसका बिरुद्ध म अदालत गएँ। अदालतले न्याय दिएको छ। आजबाट म पूर्ववत रुपमा काममा फर्केको छु,’ बसौलाले भने। उनले निलम्बन हुँदा स्थगित भएको १२ बुँदे नीति तथा कार्यक्रमलाई निरन्तरता दिने बताए ।

‘हामीले ०८०र८१ को बजेट कार्यान्वयन गर्ने गरी नीति बनाएका थियौँ। त्यो बीचमा टिस्टर्व भएको थियो । अब ती कामहरुले निरन्तरता पाउने छ। आजैबाट काम अघि बढाउँदै छु,’ उनले भने ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*