बीमा प्राधिकरणले मुद्दती निक्षेपमा लगानी गर्ने, बैंकसँग बोलपत्र माग्यो
९ पुष २०८०, सोमबार १०:५७

काठमाडौं । नेपाल बीमा प्राधिकरणले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ। सोका लागि प्राधिकरणले बैंकहरुसँग बोलपत्र मागेको हो।
प्राधिकरणले वाणिज्य तथा विकास बैंकहरुलाई आफूले दिनसक्ने अधिकतम ब्याजदर उल्लेख गरी सूचना प्रकाशित मिति (पुस ६ गते) ले ७ दिनभित्र शिलबन्दी दरभाउपत्र पेश गर्न आग्रह गरेको छ ।
शिलबन्दी पेश गर्दा अन्तिम पटक प्रकाशित त्रैमासिक वित्तीय विवरण, विगत तीन वर्षको नाफा वा नोक्सान, बैंकको निष्किृय सम्पत्ति, कर्जा निक्षेप अनुपात, स्थापना भएको वर्ष र पूँजी पर्याप्तता कोष आदिजस्ता विवरणसमेत खुलाउन सूचनामा भनिएको छ ।
साथै, पेश हुन आएको शिलबन्दी दरभाउपत्रको मान्य अवधि कम्तिमा १५ दिनको हुनुपर्ने प्राधिकरणले बताएको छ।













